जापानको सीओई रिजल्ट आउँदै
काठमाडौँ – अध्ययनका लागि जापान जान चाहाने विद्यार्थीहरुको योग्यताको प्रमाणपत्र (सीओई) नलिजा प्रकाशन हुन लागेको छ । जापानमा विभिन्न हाइकमिसनहरुले फरक फरक मितिमा नतिजा प्रकाशन गर्न लागेका हुन् ।
जापानको राजधानीसमेत रहेको टोकियो, साइतामा र इबाराकीको नजिता फागुन ५ गते शुक्रबार (फेब्रअरी १७) आउने भएको छ । नागोया, शिजुओका, हिरोसिमाको फागुन ८ गते, सोमबार (फेब्रअरी २०), योकोहामाको फागुन १० गते (२२ तारिख), ओसाका, कोबे, नारा, क्योटो, ओकिनावाको फागुन १२ गते (२४ तारिख) र फुकुओकाको फागुन १५ गते (२७) तारिखमा नलिता प्रकाशन हुने जापानीज कलेजहरुले बताएका छन् ।
अप्रिल इन्टेकका लागि सीओई आवेदन दिएका विद्यार्थीको नतिजा प्रकाशन हुन लागेको बताइएको छ । जापानबाट विद्यार्थीको सीओई आउनु लगभग भिसा आउनु सरहको हो । जापानी दूतावासले लिने अन्तरवार्तामा फेल भएमा बाहेक विद्यार्थीको सतप्रतिशत भिसा आउने गर्दछ ।
नेपाली विद्यार्थीहरु जापानमा जापानीज भाषा अध्ययनका लागि जाने गर्दछन् ।