शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौं – सरकारले शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका हुन् ।

शहीद घोषणा भएर पनि राजपत्रमा प्रकाशित नभएका कारण त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने । उनका अनुसार उक्त शहीदहरुको नामावलीमा ०६२र०६३ सालको संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरुको नाम समावेश छ ।

स्रोतका अनुसार सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो । उक्त घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन । त्यसैलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो ।