विद्यार्थी युवा नौ-जवानहरुले विदेशीने सपना देख्ने होइन देश बनाउने सपना देख्नुपर्छ: विप्लव

बुधबार, १७ फाल्गुन २०७९

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विद्यार्थी युवा नौ-जवानहरुले विदेशीने सपना होइन हाम्रो देश बनाउने सपना देख्नुपर्ने बताएका छन् । चीनमा भएको आर्थिक सम्वृद्धिको उदाहरण दिंदै महासचिव बिप्लवले युवा विद्यार्थीहरुको त्याग र लगानीका कारण नै चीनमा आर्थिक सम्वृद्धिको  सपना साकार भएको भन्दै यस्तो बताएका हुन्।

बुधबार अखिल क्रान्तिकारी पद्मकन्या क्याम्पस इकाई समितिद्वारा आयोजित साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै  महासचिव बिप्लबले जनताका छोराछोरीले आफुले चाहेको शिक्षा सजिलै हासिल गर्न पाउनु नै बैज्ञानिक समाजवादी शिक्षा प्रणालीको आजको बिशेषता भएको बताए।

बैज्ञानिक समाजवादी शिक्षा भनेको सबै जनताका छोराछोरीले चाहेको शिक्षा पढ्न पाउनु हो,के यो नराम्रो कुरा हो ? हाम्रो शिक्षा प्रणालीले हामीलाई हाम्रै माटोलाई फलाउन( फुलाउन सिकाउने प्रकारको हुनुपर्छ ,रोजिरोटी कै लागि बिदेशिन नपरोस् ,अहिले प्लस टु पढेर बिदेश जाने प्रवृति बढ्दो छ,उच्च शिक्षा पढ्ने भन्दा बिदेशीने स्थिति देखियो।

सरकारी क्याम्पसहरु त सर्वसाधारण जनताका छोराछोरीले मात्र पढ्ने जस्तो देखियो” महासचिव विप्लवले भने “निजि शिक्षालाई नेकपा र अखिल क्रान्तिकारीहरुले हमला गर्न खोज्दै छ भन्ने हल्ल गरेको पाइयो ,हामीले त्यसो भनेका छैनौं ,बरु शिक्षामा निजीकरण र ब्यापारीकरण होइन जनताका छोराछोरीले सजिलै पढ्न सकुन भन्ने हो , यसबारे राज्यको दृष्टीकोण प्रस्ट हुनुपर्यो।”

यहाँ राम्रा कलेज र क्याम्पसहरु (विद्यालयहरु बनाउन के कुनै विद्यार्थी शिक्षक वा प्राध्यापकले रोकेका छन् ? राज्य र राज्यमा बसेका सिमित वर्ग र सत्ताधारीहरुको स्वार्थ र कमजोरीका कारण शिक्षा क्षेत्र अस्तव्यस्त छ,हामी यो परिस्थितिलाइ बदल्न चाहान्छौ।हो हामी पढ्नका लागि, सिक्नका लागि बाहिर जानुपर्छ,तर बाध्यताले होइन , यहाँ बस्न लाएक स्थिति नै नभएर विद्यार्थीहरु बाहिरिनु पर्ने स्थिति अन्त्य हुन जरुरी छ।”

बुधबार आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा राज्यको कर्तव्य र कमजोरी तर्फ इङ्गित गर्दै महासचिव विप्लवले “राज्यले एउटा प्रयोगशाला पनि बनाउन सक्दैन ,त्यसका लागि पनि महावीर पुनलाई गुहार्छ , यो अवस्था कसरी आयो ? हाम्रा विद्यार्थीहरुले बिदेशिने सपना देख्ने होइन,हाम्रो देश बनाउने सपना देख्नुपर्छ,नेपालका युवायुवतीलाई यहीँ टिकाउने योजना चाहिन्छ ,कुनैबेला चीन पनि गरिब थियो, नागरिकले खान पाउने स्थिति थिएन त्यहाँ तर जब माओको नेतृत्वमा समाजबादी क्रान्ति भयो, अहिले चीन विकासको नयाँ चरणमा छ,यो युवा विद्यार्थीले नै साकार पारेको सपना थियो।”

मुलुकको विद्यमान अस्थिर राजनीति र गहिरिदो संकट तर्फ संकेत गर्दै “हाम्रा देशका नेताहरू विदेशीका भकुण्डो जस्ता भए,चुनाव भएको ५ महिना भैसक्यो तर सरकार अझै बन्न सकेको छैन , बेलुका एउटा सरकार हुन्छ, बिहान उठ्ने बित्तीकै अर्को मन्त्री भैसकेको हुन्छ , बिदेशी शक्तिहरुले नेताहरुलाई खेलाउने र भकुण्डो बनाउने काम गरिरहेका छन, यस्तो पनि राज्य हुनसक्छ रुयो तमासा हेरेर बस्ने पनि हामी विद्यार्थी र युवा हुन सक्छौ रु यो डेमोक्रेसी होइन ,दलाल पुजीवाद हो ,यो स्थितिलाई बदल्नु नै हाम्रो गन्तव्य हो भन्दै विप्लवलेआगामी चैत ५ गते हुने स्ववियु चुनावमा विद्यार्थीहरु आपसमा लड्ने, काटमार गर्ने र हानथाप गर्न होइन, शिक्षाको अवस्था वदल्न, शिक्षामा जनताका छोराछोरीको पहुँच स्थस्पित गर्न र नया प्रणाली स्थापनाका लागि स्ववियु हुनुपर्ने बताए।”

त्यस्तै साँस्कृतिक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सहायक क्याम्पस प्रमुख गोविन्द पुनले सृजनात्मक क्रियाकलापको माध्यमबाट अखिल क्रान्तिकारीले क्याम्पसमा संगठन बिस्तार गरेर,वृक्षारोपण , रक्तदान , सरसफाइ जस्ता कामहरू गर्दै संगठन बिस्तार गर्नु सह्रानिय कार्य भएको बताए।

कलाकारहरु टिका खड्का र रितु शाहको नृत्य प्रस्तुत भएको कार्यक्रममा सामना सास्कृतिक परिवारले( डुम्रे भन्सार , गुमाउनलाई हत्गडी मात्र छ, जित्नलाई संसार (भन्ने आवाजको गितमा नृत्य प्रस्तुत गरेको थियो।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी, केन्द्रिय सदस्यहरु अडिग,आरोह,मानव ,नरेन्द्र, अखिल क्रान्तिकारीका नेताहरु मदन ,अनिल ,प्रेम ,ललिजङ ,यशोदा ,रविना र काठमाडौ जिल्ला अध्यक्ष हस्त सीको सहभागिता रहेको थियो भने कार्यक्रममा विद्यार्थी नेतृ बबिताको स्वागत मन्तव्य तथा कार्यक्रमको सञ्चालन प्रमिताले गरेकी  थिईन।