खरालले एनआईसी एसिया बैंकमा खाता खोलेका थिए, मृत्युपछि परिवारले पायो १० लाख
काठमाडौँ – रुपन्देही जिल्ला शुद्धोधन गाउँपालिकाका अर्जुन खरालकोे केही दिन अघि दुर्घटनामा परी मृत्यु भयो । उनले एनआईसी एसिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका थिए ।
बैंकले दुर्घटनामा परी ज्यान गुमाएका खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ । बैंकले उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पाण्डेले हालसम्म २०७९ जना ग्राहकलाई बीमा दाबी गरे वापतको रकम हस्तान्तरण गरेको बताए । जस अनुसार बैंकले ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ । घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रुपैयाँ बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा गर्न सकिन्छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँ सम्म प्राप्त गर्न सकिने बैंककले जनाएको छ ।