बुवाको सानो गल्तीले गभर्नरका छोराको ‘हरिविजोग’

बुधबार, १ चैत्र २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर हुन् महाप्रसाद अधिकारी । उनको समेत हस्ताक्षर भएका नोटहरुले देशको अर्थतन्त्र चलाएमान हुने गरेको छ । तर गभर्नर अधिकारीले आफ्नो आम्दानीको श्रोत खुलाउन नसक्दा छोराको हरिविजोग भएको छ ।

गभर्नर अधिकारीका छोराको नाम हो सौगात अधिकारी । उनी उच्च शिक्षा अध्ययनका लागि सिड्नी प्राविधिक विश्वविद्यालय, अस्ट्रेलिया जान खोज्दैथिए । अस्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थीका लागि भिसा पोलिसी परिवर्तन गरेपछि उनको भिसा लागेन । भिसा नलाग्नुको कारण लाजमर्दो छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको आम्दानीको श्रोत भरपर्दो नभएको भन्दै नयाँ दिल्ली स्थित अस्ट्रेलियन हाइकमिसनले सौगातको भिसा हाेल्ड गरिदिएको छ । पछिल्लो पटक जारी भएको अस्ट्रेलियाको अध्यागमन कानुन अनुसार भिसा आवेदन दिदा तीन बर्षको कर चुक्त अनिवार्य पेस गर्नुपर्छ । सौगातले आफ्नो प्रायोजकको (बुवा) तीन बर्षको कर चुत्ता पेस गर्न नसक्दा भिसा हाेल्ड भएको श्रोतको दावि छ ।

बार्षिक करिब २५ लाखभन्दा धेरै आम्दान देखाएर त्यसको कर तिरेको करचुक्ता पेश गर्दा मात्र भिसा अधिकारीहरुले राहादानीमा छाप लगाई दिने गरेका छन् । मोटिभेट न्यूजले बजारमा कन्सल्टेन्सीहरुले नक्कली डकुमेन्टको खेलोमेलो गरेको भन्दै बारम्बार समाचार लेखेपछि अस्ट्रेलियाले नेपालका लागि भिसा नीति परिवर्तन गरेको थियो ।

अस्ट्रेलियन हाईकमिसनले सौगातको प्रायोजकको आम्दानी नपुगेको र कर तिरेको कागजात समेत नभएकाले भिसा हाेल्ड गरेको जनाईएको छ । पुतलीसडक स्थित एउटा कन्सल्टेन्सीबाट भिसा आवेदन दिएका उनले कर तिरेर आएको बैधानिक आम्दानी देखाउन नसक्दा अहिले भिसा आवेदन फिर्ता गरेर फेरी आवेदन दिएकाे स्रोतले जनाएको छ । नोटमा हस्ताक्षर गर्ने गभर्नरको बार्षिक तलव जम्मा १४ लाख १८ हजार ४ सय रुपैयाँ मात्र छ ।

उनले आर्थिक बर्ष २०७८/७९ तलव र भत्ताबापत ४९ लाख ५ हजार २ सय ५५ रुपैयाँ बुझेको भएपनि कर तिरेको डकुमेन्ट बुझाउन नसक्दा भिसा हाेल्ड भएको श्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंक कर छुट प्राप्त गर्ने संस्था भएकाले उनले तलबको मात्र करे तिरेका छन् भने भत्ताको कर तिरेका छैनन् ।