नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भन्ने भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति विप्लवको कडा आपत्ति

बुधबार, २२ चैत्र २०७९

काठमाडौँ – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भन्ने अभिव्यक्तिप्रति नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कडाआपत्ति जनाएका छन् ।

मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएपछि आज एक विज्ञप्ति जारी गर्दै विप्लवले कडा आपत्ति जनाएका हुन् ।

देशको सार्वभौमिकता,राजनीतिक स्वतन्त्रता र जनभावनामाथि गरिएको ठाडो हस्तक्षेप भएको विप्लव बताए । नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने धर्म मान्ने कि नमान्ने अधिकार पूर्णतः नेपाली जनतामा रहेको विप्लवको भनाई छ । वक्तव्यको पूर्ण पाठ सहित……