कोशीका आन्दोलनकारीले बुझाए सभामुख गौतमलाई पुनः नामकरणको मागसहित ज्ञापनपत्र

आइतबार, २६ चैत्र २०७९

काठमाडौं— कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत् पक्षले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पुनः नामकरणको मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

५ वटा जातीय संस्थाहरूसहित आन्दोलन गरिरहेका विभिन्न संगठनहरूले चाँडै प्रदेशको पुनः नामकरण माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । कोशी नामकरणविरुद्ध आन्दोलन गर्दै संस्थाहरू किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतले संयुतरूपमा पत्र बुझाएका हुन । पहिचानसहितको पुनः नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिङ थेगिम्‌ नेतृत्वको टोली प्रदेशसभा पुगेको थियो ।