नेपाल टीभी र गोरखापत्रको गुणस्तर खस्कियोः रोशन कार्की
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले नेपाल टीभी र गोरखापत्रको गुणस्तर खस्किएको बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ नयाँ बोतलमा पुरानै रक्सी भएको बताइन् । “नयाँ बोतलमा पुरानो रक्सी, यो विधेयक त्यस्तै लाग्यो । सञ्चार भनेको गोरखापत्र र नेपाल टीभी मात्र हो? नेपाल टीभी र गोरखापत्र कतिले हेर्छन्?,” उनले भनिन्, “गोरखापत्र त किन्न छाडिसके । खाली सरकारी कार्यालयमा मात्र जान्छ । टीभीको गुणस्तर पनि खस्किँदो छ । गुणस्तर बढाउनुपर्छ ।”