सांसद ढाका कुमारको कारबाही प्रकृया अगाडि बढाउन रास्वपा अनुशासन आयोगको बैठक बस्दै
काठमाडौं – ढाका कुमारको अडियो प्रकरणबारे कारबाही प्रकृया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठकबस्न लागेको छ ।
मेडिकल व्यवशायी दुर्गा प्रसाईसंग स्वास्थ्य मन्त्री बन्न सांसद ढाका कुमारले साडे दुई करोड मागेको अडियो टेप सार्वजनिक भएपछि त्यसको छानबिन गर्न गठित अनुशासन आयोगको बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको हो ।
प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ ।
सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ। यसै सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्ने छ ।
ढाका कुमारले भने उक्त अडियो आफ्नो नभइ सम्पादन गरिएको दाबी गर्दै आएका छन् ।