बैंकहरुको अवस्था सुरक्षित छ, सानो धक्काले जोखिम हुन्दैन: गभर्नर अधिकारी

मंगलबार, २८ चैत्र २०७९

काठमाडौं –  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा मंगलबार अधिकारीले बैंकहरुको अवस्था सुरक्षित रहेको भन्दै सानोतिनो  धक्काले जोखिम नहुने बताएका हुन् ।

उनले भने, ‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । स्वस्थ छ । सानोतिनो धक्काले जाखिम आउने अवस्था छैन । तथ्यांकहरू पनि बलिया छन् ।

बैकिङ क्षेत्रको स्वास्थ्यताको विषयमा प्रश्न उठ्ने गरेको तर्फ उनको संकेत थियो ।

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थममा रहेको बताए । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनले जानकारी गराए ।

विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको उनले बताए ।