उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् ।
पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको चुनाव हुने तय भएको थियो । दोस्रो चरणमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने तय भएको थियो । तर, उमेशलाल छाड्न सहमत भएपछि अन्जन वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् ।