सनराइज बैंकको झुटले राज्यलाई करोडौँ नोक्सानी, राष्ट्र बैँकनै शंकाको घेरामा
काठमाडौँ – राष्ट्र बैँकको निर्देशन विपरित सनराइज बैँकले गलत प्रतिबेदन दिएर राज्य कोषलाई करोडौँ नोक्सान पूर्याएको छ । कुल लगानीको पाँच प्रतिशत विपन्न बर्गमा अनिवार्य लगानी गर्नुपर्ने राष्ट्र बैँकको निर्देशिकामा उल्लेख छ तर सेटिङका आधारमा कागजी हिसाव मिलाएर विपन्न कर्जा सम्बन्धीत बर्गमा लगानी नै नगरी सनराइज बैकले राष्ट्र बैंकको निर्देशिकाको बर्खिलाप गरेको तत्थ मोटिभेट न्यूजले प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०७२/२०७३ मा सनराईज बैंले जम्मा रु. ३१०८०.४७ (रु. दश लाखमा) कर्जा प्रवाह गरेको थियो र जसमा विपन्न बर्गमा १५५४.०२३ (रु दश लाखमा) लगानी गर्नुृपर्ने तर सम्बन्धीत बर्गमा सो लगानी नगरी कागजी सेटिङको भरमा राष्ट्र बैँकलाई प्रतिवेदन बुझाए सनराइज बैँकले राज्य कोषलाई करोडौँ नोक्सानी बनाएको दावि सहित जुम्लाका नागरिक अंगराज भारतीले स्वयम सनराइज बैक र नियामक निकाय राष्ट्र बैँकलाई समेत पटक पटक सुचनाको हक प्रयोग गर्दै सो बारेको सत्य तथ्य जानकारी र आवश्यक कारवाहीका लागि पहल गरेका थिए ।
राष्ट्र बैँकको निदेशिका अनुसार सम्बन्धीत विषयको कर्जा सम्बन्धीत क्षेत्रमै लगानी नभए सो बापतको उच्चतम ब्याजदर बराबरको रकम राष्ट्र बैँकलाई जरिवानाको रुपमा तिर्नुपर्ने हुन्छ । भारतीले सनराइजको विपन्न कर्जा सम्बन्धीत ठाँउमा नगइ अन्यन्त्रै लगानी भएको प्रमाण सहित जानकारी गराउँदा समेत सनराइज बैँकले यस सम्बन्धमा वेवास्ता गर्दै आइरहेको छ भने पटक पटक कारवाहीका लागि अनुरोध गर्दा समेत वेवास्ता गर्दै नेपाल राष्ट्र बैँकले समेत गैरजिम्मेवारपूर्ण व्यवहार देखाइरहेको छ । नियामक निकायकै वेवास्तालाई निकै रहस्यमय ढँगले हेरिएको छ ।
सम्बन्धीत बैँक र राष्ट्र बैँकलाई समेत आवस्यक कारवाहीका लागि पटक पटक पहिल गर्दा समेत कुनैपनि कारवाहीको छनक नदेखिएपछि भारती मोटिभेट न्यूजको सम्पर्कमा आएको थिए । भारतीको गुनासो पछि सनराइज बैँकका कृर्षि तथा विपन्न कर्जा विभागका प्रमुख दिपिनमान सिंह प्रदानसंग कुराकानी गर्दा भारतीको उजुरी साँचो भएको र राष्ट्र बैँकको निर्देशिका बमोजिम कामै गर्न नसकिने अवस्था गरेको स्विकार गरे ।
प्रधानले कागजी प्रतिवेदन राष्ट्र बैँकमा बुझाउने र बास्तविकता अर्कै हुने गरेको खुलासा गरे । उजुरीकर्ता अंगराज भारतीले आफूसंग भएको प्रमाणका आधारमा सनराइज बैँकले २ करोड साठ्ठी लाख सढ्चालीस हजार ६ सय २८ रुपैयाँ जरीवाना राष्ट्र बैँकले असुल गर्नुपर्ने दावि गरेका छन । यो रकम आफूसंग भएको प्रमाणमा मात्रै भएको तर उसले गरेको लगानीको आधारमा करोडौँ जरीवाना राष्ट्र बैँकले असुल गर्नुपर्ने दावि उनको छ ।
स्वयम बैँकका आधिकारीक ब्यक्तिले गलत गरेको स्विकारी सकेको अवस्थामा अव नेपाल राष्ट्र बैँकले कसरी अगाडी बढ्छ हेर्न बाँकी छ । बैँकका कृर्षि तथा विपन्न बर्ग विभाग प्रमुख दिपेन मान सिंह प्रदानले स्विकार गरेको प्रमाण सहितको अडियो अर्को अंकमा प्रसारण गर्नेछौँ ।
