राप्रपा अध्यक्ष थापाले बुझाए निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च

सोमबार, ११ बैशाख २०८०

काठमाडौं— राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत प्रतिनिधिसभाको निर्वाचनमा रु। १५,३७,३४० ९पन्ध्र लाख सैतिस हजार तीन सय चालिस० खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

थापाका निर्बाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरण अनुसार सवारीसाधनमा दुइ लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठि, अन्तरक्रिया शिर्षकमा दुइ लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा १ लाख ७७ हजार ९ सय र प्रचारप्रसारको लागि छापा एवं विद्युतिय माध्यममा २ लाख ५९ हजार ४४० खर्च भएको उल्लेख छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा थापाले मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।