बालाजुको पेट्रोल पम्प महानगरले सिल गर्‍यो

बिहिबार, १४ बैशाख २०८०

काठमाडौं – मापदण्डविपरीत राखिएको पेट्रोल पम्प काठमाडौं महानगरपालिकाले सिल गरेको छ । विगत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरिएको हो ।

असुरक्षा बढेको भन्दै उजुरी परे पनि महानगरले आयल निगमलाई महानगरभित्र पर्ने पेट्रोल पम्पहरूको अवस्थाको बारेमा सोधेको थियो । निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने प्रतिबद्धता जनाएको थियो ।