मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद गोपनियताको सपथ लिँदै

शुक्रबार, १५ बैशाख २०८०

काठमाण्डौँ – नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरुले सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो लागेको छैन्।

मुख्यमन्त्री गिरीले मन्त्रीहरुका आकांक्षी आफनै पार्टी नेपाली काँग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।