भ्रष्टाचारी जन्माउने मुख्य कारण नै अहिलेको दलाल व्यवस्था होः भरत सी
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले भ्रष्टाचारी जन्माउने मुख्य कारण अहिलेको दलाल व्यवस्था भएको ठोकुवा गर्नु भएको छ । उनले यो व्यवस्था अन्त्यको आवश्यकता समेत औल्याउनु भएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी वनाएर अमेरिका पठाउने कार्यमा सेटिग मिलाएर भ्रष्टाचार गरेको आरोपमा एमाले नेता टोप वहादुर रायमाझी लगायतलाई पक्राउ पुर्जी जारी गरिएको विषयमा विहिवार आफ्नो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै स्थायी समिति सदस्य भरत सीले व्यवस्था अन्त्यकै आवश्यकता भएको औल्याए । स्थायी समिति सदस्य भरत सीले भ्रष्टाचार विरुद्ध सरकारको कदम सहि भएपनि प्रयाप्त नभएको जिकिर गर्दै सरकारमा गएका माओवादी,अन्य कम्युनिष्ट वा जोसुकै भएपनि ७५ प्रतिशत भ्रष्ट र ठग भएको दावी गरे । उनले भ्रष्टाचारी र ठगको ढाकछोप गर्न वा रक्षा गर्न शक्तिमा भएकाहरुले शक्तिविहिनहरुलाई भ्रष्टाचारको कार्वाही चलाएको आरोप लगाए ।
उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै सरकारमा गएका माओवादी, अन्य कम्युनिस्ट वा जोसुकै हुन ७५ प्रतिशत भ्रष्ट–ठग छन,साच्चिकै कारबाही गर्ने हो भने कोहि बाकी रहदैनन, यो व्यवस्था नै भ्रष्टाचारी–ठग छ जस्को ढाकछोप गर्न वा रक्षा गर्न शक्तिमा भएकाले शक्तिबिहिनलाई भ्रष्टाचारको कारबाही चलाउने बताए । स्थायी समिति सदस्य भरत सीले कार्ल माक्र्सको भनाईलाई उद्धत गर्दै भने “अपराधको लागि उसलाई दण्डित गर्नु मात्रै प्रयाप्त हुदैन बरु अपराधको कारणको अन्त्य हुनुपर्छ ,त्यसैले भ्रष्टाचारी जन्माउने व्यवस्था (कारण) कै अन्त्य आवश्यक छ ।”
उनले नेकपाका नेता कार्यकर्तालाई प्रतिवन्धको वेला पक्राउ पुर्जी जारी हुदा आफुहरुले गर्व महसुस गरेको भन्दै अहिले रायमाझीलाई गर्भ गर्न लाएक नभएको टिप्पणी गरे । उनले भने “हामीले यो भ्रष्ट व्यवस्था परिवर्तनको माग गर्यौ यदि लुके पनि प्रतिरोध गर्न लुक्यौ तर बिचरा रायमाझीले के गर्छन रु न उनी गर्व गर्न सक्छन न उनी प्रतिरोध गर्न सक्छन । मात्रै उनले थप भ्रष्टाचारको आधार तयार गर्न सक्छन । यो समस्या समाधान गर्न थप भ्रष्टाचार अनिवार्य छ ।”