अझै सुरु हुन सकेन बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक

बिहिबार, ४ जेष्ठ २०८०

काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक अझै सुरु भएको छैन । बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, मध्याह्न १२ बज्दा समेत बैठक सुरु हुन सकेको छैन

प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार एक सांसद भएका दल र स्वतन्त्रमध्ये कसले प्रश्न सोध्ने भन्ने समिति बैठकमा तय हुन सकेको थिएन । आजै संसद्अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेसँग नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने दाबी प्रस्तुत गरेका थिए ।

उनीहरूले प्रश्न सोध्न नपाए सदनमै विरोध गर्ने बताएपछि सभामुखले उनीहरूसँग छलफल गरिरहेका छन् । सोही कारण बैठक बस्न ढिलाइ भएको ती सदस्यले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसूची छ ।