प्रधानमन्त्रीको भारत भ्रमणप्रति गोकुल बास्कोटाले जनाए आपत्ति
काठमाडौं— नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्रीको भारत भ्रमणप्रति आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीले सुटुक्क उर्जा व्यापार सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका हुन् ।
बास्कोटाले तालुकदार मन्त्रालयलाई पनि गुमराहमा राखेर सम्झौता गर्न लागिएको दावी गरे। आज एउटा ट्विट लेख्दै बास्कोटाले यस्तो दावी गरेका हुन् । उनले लेखेका छन्, ‘प्रमको भारत भ्रमणका क्रममा उर्जा व्यापार सम्झौता लामो समयका लागि गर्ने भित्री तयारी रहेछ । बिडम्बना, तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर । सचिव जर्मनी, सहसचिव बंगलादेश छन् भन्ने सुनियो ।’
उनले संसद चालु रहेको अवस्थामा सरकारले त्यसबारे । संसदमै जानकारी र छलफल गराउनुपर्ने बताएका छन् । उनको प्रश्न छ, ‘सुटुक्क किन?’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदा १७ गते भारतको चारदिने भ्रमणमा जाँदैछन् । भ्रमणका एजेन्डा अहिलेसम्म औपचारिकरुपमा सार्वजनिक गरिएको छैन ।