मोटिभेट न्यूजले ‘मोटिभेशनल आर्टिकल कम्पिटिशन’ गर्ने

सोमबार, १५ जेष्ठ २०८०

काठमाडौं – मोटिभेट न्यूज डटकमले ‘मोटिभेशनल आर्टिकल कम्पिटिशन’ गर्ने भएको छ । कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै डिजिटल पत्रिका मोटिभेट न्यूजले मोटिभेशनल आर्टिकल कम्पिटिशन गर्न लागेको हो ।

यो प्रतियोगतामा सहभागीता जनाउने चाहने प्रतियोगीले इमेलमार्फत उत्प्रेरक कथाहरु पठाउन सकिने आयोजकले जनाएको छ । इमेलमा आएका कथाहरुलाई तीन जनाको जुरी टिमले मुल्याङ्कन गर्दै उत्कृष्ट चार कथालाई पुरस्कृत गरिने मोटिभेट न्यूजका अध्यक्ष शोभराज बरालले बताए ।

प्रतियोगितामा उत्कृष्ट एक कथालाई रू १ लाख, दोस्रोलाई रू ७५ हजार, तेश्रोलाई रू ५० हजार र सान्त्वना स्वरूप चौथोलाई रू २५ हजार पुरस्कार प्रदान गरिने बरालको भनाई छ । लेख अंग्रेजी र नेपाली दुबै भाषामा पठाउन सकिने छ भने असार १० गते भित्र पठाइसक्नु पर्नेछ ।

सपना शिर्षकमा ५ सय शब्द भन्दामाथिको लेख पठाउँनु पर्ने आयोजकले जनाएको छ । लेख पठाउँदा आफ्नो नाम, ठेगाना र उमेर प्रष्ट खुलाउनु पर्ने, लेख प्रेरणादायी हुनुपर्ने, लेख पठाउँदा १८ वर्ष पुराभई २५ वर्ष ननाघेको हुनुपर्ने, कक्षा १२ परिक्षा दिएकालाई प्राथमिकता दिइने बताइएको छ ।

प्रतियोगीतामा सहभागीमध्ये उत्कृष्ट २० वटा कथा समेटेर पुस्तक प्रकाशन गर्ने, उत्कृष्ट एक सयवटा कथालाई मोटिभेट न्यूज डटकमको प्रेरक प्रसंग शिर्षकको क्याटेगोरीमा राखिने मोटिभेट न्यूज डटकमकी सम्पादक गौरी महताराले बताइन् ।