बजेट निर्माण सुरु भएपछि किन सरकारले हतारमा कर्मचारी फेर्छ?
काठमाडौं— नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमा बजेट निर्माण सुरु भएपछि किन सरकारले हतारमा कर्मचारी फेर्छ? भन्दै प्रश्न गरेका छन् ।
उनले सामाजिक संजाल (फेसबुक)मा लेखेका छन्, ‘कहिले मुसाले तार कट्छ कहिले कसले कागज फेरिदिन्छ। अर्थमा बजेट निर्माण सुरु भए पछि किन सरकारले हतारमा कर्मचारी फेर्छ? करका दरमा गठेले हैरान गर्ने भो।’ अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणको बेलामा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेको छ। यस्तै गत वर्ष पनि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि बजेट निर्माणको बेलामा करको दर हेरफेरमा बाहिरको व्यक्तिको प्रयोग गरिएको आरोप लागेको थियो।