पहिचानवादीसँग वार्ता गर्न कोसी सरकारद्वारा समिति गठन
काठमाडौं— कोसी प्रदेश सरकारले मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका खानेपानी सिचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोको नेतृत्वमा पहिचानवादीसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा कृषि तथा भौतिक योजनामन्त्री भक्ति सिटौला र समाजिक तथा पर्यटनमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।
प्रदेशसभाबाट गत १७ गते प्रदेश नं. १ को नाम कोसी नामकरण गरेपछि पहिचान पक्षधर त्यसको विरोधमा आन्दोलनमा छन् । चैत २५ गते विराटनगरमा भएको आन्दोलन र झडपका क्रममा एक आन्दोलनकारी लाजेहाङको मृत्यु भएपछि थप विरोध चर्किएको छ । पटकपटक भएका झडपका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ थुप्रै व्यक्ति घाइते भइसकेका छन् ।
यसअघि सरकारका प्रवक्ता तथा मन्त्री भक्ति सिटौलाले वक्तब्य प्रकासित गरी पहिचानवादीलाई वार्ताका लागि आह्वान गरेका थिए । तर, समिति र कार्यजिम्मेवारी नदिइ झारा टार्नमात्र आह्वान गरेको भन्दै प्रदेशसभामा सांसदहरूले चर्को विरोध गरेपछि सरकारले मन्त्री सम्मिलित वार्ता समिति गठन गरेको हो । माओवादी केन्द्रले मंगलबार एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै एमालेका कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।