महाधिवेशन नआएकोले देउवालाई पदबाट हटाउन मिलेनः रमेश लेखक
काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआएर पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिलेको बताएका छन् ।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । उनले महामन्त्री थापाप्रति संकेत गर्दै सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर नहुने बताए । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यहाँभित्र नेतृत्वप्रति विरोध, समर्थन, आलोचना हुन सक्ने भन्दै प्रमुख सचेतक लेखकले पार्टी सभापति र केन्द्रीय कार्य समितिको नेतृत्व पार्टीका १० लाख क्रियाशील सदस्यहरूको भावनाको प्रतिनिधित्वको आधारमा हुने बताए ।