चलचित्र “भो माया लाउदिन” को टाइटल गीतले दर्शकको मन तान्यो (भिडियोसहित)

आइतबार, १० चैत्र २०७५

काठमाडौँ । नयाँ फेसमा च्यालेन्ज र ट्यालेन्ट भन्ने स्लोगनका साथ “पटुकी” जस्ता सफल चलचित्र निर्माण गरिसकेका म्याक्टेन कालुले निर्माण गर्न लागेको “भो माया लाउदिन” चलचित्रको टाटईट गीत सार्वजनिक भएको छ । भो माया लाउदिन, मैले खाकै पाउदिन बोलको गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको छ । नवकलाकारहरुलाई लिएर बन्न लागेको चलचित्रमा अभि शर्मा, विर्जन मिजार, लक्ष्मी शाही, प्रमिला बिसी लगायतको अभिनय रहेको छ ।

चर्चित गायिका अञ्जु पन्त र अमित रसाईलीको स्वरमा रहेको उक्त चलचित्रको शीर्ष गीतलाई अर्जुन पोखरेलले संगीतबद्ध गरेका छन् । उक्त गीतमा म्याक्टेन कालुकै उत्कष्ट शब्दहरु रहेका छन् । यो समाचार तयार पार्दासम्म गीतको भिडियोलाई करिब ६ हजार बढी पटक हेरिएको छ र कमेन्टमार्फत आएका सबै प्रतिक्रिया निकै सकारात्मक अर्थात बबाल छन् ।

हेर्नुहोस् गीतको भिडियोः–

 

https://youtu.be/9fzsDJTTwHw