अमरेश सिंहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेर आरजु लागिन् विदेश भ्रमणमा
काठमाडौं— कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा.आरजु देउवा राणाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेर विदेश भ्रमणमा निस्किएको खुलेको छ ।
जेठ २४ गते जिल्ला अदालतमा दायर भएको गाली बेइज्जती मुद्दाको सुनुवाई असार २४ गते अर्थात आगामी आइतवार हुँदैछ । अदालतले सांसद अमरेशलाई पनि बोलाएको छ । आफूलाई प्रतिनिधि सभामा गणतन्त्रकी पम्फादेवी भनेको तथा विभिन्न सन्चारमाध्यममा समेत भ्रष्टाचारी भनेर दिएका अन्तर्वार्ताका क्लिपसमेत संलग्न गरेर मानहानीको मुद्दा दायर गरिएको हो । उनले सिंहमाथि हदैसम्मको कारबाही र आफूलाई क्षतिपूर्ति माग गरेकी छन् ।