फेकन इलेक्सन : राजु निराैला प्यानलकाे क्लिन स्वीप
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)काे १२औं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । शनिबार सम्पन्न साधारण सभाले राजु निराैलाकाे नेतृत्वमा नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ ।
फेकनकाे निर्वाचनमा ८२ प्रतिशत मत खसेको थियो । निर्वाचित सबै उम्मेदवारले ८० भन्दा धेरै मत पाएका छन् । निराैला र प्रज्वल बस्नेत प्यानलै बनाएर निर्वाचनमा हाेमिएका थिए ।
संस्थामा बिवाद आएपछि अन्तिम समयमा वस्नेत प्यानलले निर्वाचन वहिष्कार गरेकाे थियाे । बस्नेत प्यानल निर्वाचन प्रक्रियाबाट बाहिरिएपछि निराैला प्यानलले एकलाैटी मत प्राप्त गरेको हाे ।
संघकाे उपाध्यक्षमा दीपस सिलवाल, उमेश कुश्वार र अमितबाबु ढुंगाना निर्वाचित भएका छन् भने महासचिवमा छबिन्द्र ओझा आएका छन् ।
त्यस्तै सचिवमा इन्द्रजित गाैतम र पृथ्वीबहादुर चन्द्र, काेषाध्यक्षमा दिपेन्द्र पाेखरेल, सह काेषाध्यक्षमा गाैतम पुडासैनी निर्वाचित भएका छन् ।
इलेक्ट्रोनिक्स भाेटिङमार्फत निर्वाचन भएकाे थियाे । निर्वाचित हुने कार्यसमिति सदस्यहरूमा संजय बस्नेत, खगेन्द्र श्रेष्ठ, राेसन खनाल, मन्जु लामिछाने, एलिजा उप्रेती, महेश खनाल र राजकुमार ढकाल रहेका छन् ।