दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा आयो धम्कीः स्वास्थ्यमन्त्री

बिहिबार, २८ असार २०८०

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धम्की आएको बताएका छन्।

सांसदहरूले उठाएका प्रश्नको राष्ट्रिय सभामा बुधबार जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले दरबन्दी बाहिरी जिल्लामा भएका तर काजमा स्वास्थ्य मन्त्रालयमा बस्न खोज्ने डाक्टरहरूको व्यवस्थापन गर्न जोखिम रहेको बताए। ‘दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको छ,’ उनले भने, ‘अहिलेसम्म मलाई धम्की आउन सकेको छैन। दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्ने काम पार लगाएरै छाड्छु।’ उनकाअनुसार ८ सय डाक्टर यसअघिका मन्त्रीका पालामा काजमा मन्त्रालयमा बसेको पाइएको पनि बताए। यी डाक्टरहरूलाई दरबन्दीअनुसार व्यवस्थापन गरिने उनले बताए।