भारतसहित ८ देश सहभागी इन्टरपोलकाे तालिम काठमाडौंमा शुरु

मंगलबार, १२ चैत्र २०७५

चैत्र १२,काठमाडौं –  इन्टरपोल महासचिवालयको आयोजना र इन्टरपोल नेपालको सहआयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालन हुने ‘Criminal Intelligence Analysis Training’ सोमबार शुभारम्भ भएको छ । INTERPOL’s Environment Security Program अन्तर्गत उक्त तालिम संचालन भएको हो ।

जम्मा १० कार्य दिनको उक्त तालिममा ४ जना नेपाली, २ जना कम्बोडियन, २ जना भियतनामी, ३ जना भारतीय, २ जना मलेशियन, २ जना थाई, १ जना ब्रिटिश र १ जना फ्रेन्च गरी कूल १७ जना प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।