ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

आइतबार, ७ साउन २०८०

काठमाडौं— ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्रेको हो ।