एलन मस्कद्वारा ट्विटरको नयाँ लोगो सार्वजनिक

सोमबार, ८ साउन २०८०

काठमाडौं— एलन मस्कले ट्विटरको नयाँ लोगो सार्वजनिक गरेका छन् ।

यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् । ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।

मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए । उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।