सडकनै अवरोध हुने गरी बिजुलीबजारको पुलमा सहकारी पीडितहरुको धर्ना

बिहिबार, १८ साउन २०८०

काठमाडौं— सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारको सडकनै अवरोध हुने गरी पुलमा धर्ना बसेका छन्।

प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका हुन् ।

उनीहरुको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ । उनीहरुले सहकारीमा आफूहरुले राखेको वचत फिर्ता गराउन सरकारले पहल गर्नु पर्ने माग गर्दै प्रदर्शन गरे ।