उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ?– इन्दिरा राना

बुधबार, २४ साउन २०८०

काठमाडौं– उपसभामुख इन्दिरा रानाले उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ? भन्दै प्रश्न गरेकी छिन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको प्रति गुनासो गरेकी हुन् ।

उपसभामुख रानाले भनिन्,‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधिसभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त? हिजो ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ । नियममा कहाँ लेखेको छ, उप चुप भनेर ।’

उनले आफू जनजातिकै छोरी भएका कारण बोल्न नदिएको हो? भन्दै प्रश्न समेत गरिन् । उनले अहिले प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन् । रानाले भनिन्, ‘संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले? कि म पनि मगर, मतुवालीको छोरी भएर हो कि? यो मेरो प्रश्न छ । सुशासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो कि कुशासन हो? मैले बुझ्न सकेको छैन । कि मैले नबुझेको हो कि ।’