नेकपाले घेर्यो एमसीएको कार्यालय
काठमाडौं – एमसीसी विरुद्ध चरणबद्ध आन्दोलनमा रहेको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौं दरबारमार्गस्थित एमसीएको कार्यालय घेराउ गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार आइतबार एमसीएको कार्यालय घेराउ गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, पठाडिबाट गएको विरोध ¥याली एमसीएको कार्यालय अगाडि गएर कोणसभामा परिणत भएको थियो । एमसीसी कार्यलय दरबारमार्गनजिकै आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले एमसीसी जस्तो गम्भीर राष्ट्रघाती सम्झौता कुनै हालतमा स्विकार्न नसकिने बताइन् ।
अमेरिकाले नेपाललाई राजनीति र फौजी क्रिडास्थल बनाउने उदेश्यले जबर्जस्ती लागु गर्न खोजेको भन्दै जनस्तरबाटै यसलाई अस्वीकार गर्नुपर्ने तर्क गरिन् । कार्यक्रममा नेकपाका पोलिटव्युरा सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सी लगायतले सम्बोधन गरेका थिए । उक्त एमसीसी विरुद्ध प्रदर्शनको नेकपा उपत्यका ब्युरो र जवस मोर्चाले कार्यक्रम आयोजना गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता कार्यान्वयनविरुद्ध निरन्तर संघर्षको कार्यक्रम गर्दै आएको छ । यसअघि नेकपाले एमसीए नेपालका प्रमुखको पुत्ला दहन, एमसीसी सम्झौता जलाउने, भित्तेलेखन लगायतका संघर्ष गरेको थियो ।
