चीनका विभिन्न शहरमा सिधै उडान भर्नेबारे छलफल गर्नेछुः प्रधानमन्त्री
काठमाडौंं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् ।
शुक्रबार समाजवादी मोर्चाको गण्डकीस्तरीय सन्देश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणका एजेन्डाबारे बोल्दै कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको पनि बताए ।