युवा संगठन कैलालीले गर्यो सहिद स्मृति माध्यमिक विद्यालयमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम

शनिबार, ३० भाद्र २०८०

कैलाली _ नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले सहिद स्मृति माध्यमिक विद्यालयमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम  गरेको छ
युवा संगठन नेपाल पूर्वी कैलाली जिल्लामा युवा संगठन नेपालको आयोजनामा  सनिबार श्री सहिद स्मृति माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम गरेको हो ।

युवा संगठन नेपालले आयोजना गरेको वृक्षरोपण कार्यक्रम आयोजक युवा संगठन नेपालको पूर्वी कैलाली टोलीले श्री सहिद स्मृति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकाल लगायत सम्पूर्ण विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई वृक्ष समेत हस्तान्तरण गरेको छ।

संगठनले पूर्वी कैलाली का चुरे जिल्ला इन्चार्ज मानबहादुर सी नेतृत्वको युवा टोलीले गरेको बृक्षरोपण कार्यक्रममा नेकपा का पोलिट ब्युरो सदस्य विकल्प सीले वरपीपलको बुट्टा लगाएर वृक्षरोपण तथा सरसफाई कार्यक्रम उद्घाटन गरेका थिए।  कार्यक्रमा पूर्वी कैलालीका स्थानिय जनता तथा संगठनका सबै तप्काका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो।