वामपन्थी शक्तिहरू एकताबद्ध हुन आवश्यक छः रामकुमारी झाँक्री

बुधबार, ३ असोज २०८०

काठमाडौं— नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री क्रान्तिका उपलब्धिको रक्षा र विकासका लागि वामपन्थी शक्तिहरू एकताबद्ध हुनु आवश्यक भएको बताएकी छिन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले भनेकी छन्, ‘वाम–लोकतान्त्रिक शक्तिहरूले मिलेर प्रतिस्पर्धामा काम गर्नुपर्छ । तबमात्र जनताले फरक अनुभूति गर्ने गरी काम गर्न सकिन्छ । यो संविधान कार्यन्वयनको दशक पनि हो । त्यसैले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु हाम्रो कर्तव्य हो ।’