बारा हुरी प्रभावितबारे निर्णय गर्न ६ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
काठमाडौं । बारा तथा पर्सामा आइतबार रातिको हावाहुरीले २७ जनाको ज्यान जानुका साथै सयौँ घाइते र हजारौँ घरबारविहीन भएपछि प्रधानमन्त्रीले सोमबार साँझ ६ बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो नै बस्ने भनिए पनि बारा निरीक्षणका लागि पुगेका प्रधानमन्त्री आउन ढिला भएपछि बैठक साँझका लागि सारिएको हो।
बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकमा हावाहुरी प्रभावितबारे निर्णय हुने ती मन्त्रीले जानकारी गराए।