इजरायल आक्रमणमा परेर घाइते भएकाहरूको उपचार गर्न राप्रपाद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले इजरायल आक्रमणमा परेर घाइते भएकाहरूको उपचार गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।
सोमबार विज्ञप्ति निकाल्दै लिङ्देनले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेका छन्।
‘बेपत्ता रहेकाहरूको अवस्था पत्ता लगाउन कुटनीतिक पहल गर्न र जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार र स्वदेश फर्कन चाहनेलाई आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार र नेपाली दूतावासको ध्यानाकर्षण गराउँदछु,’ लिङ्देनले भनेका छन्।
शनिबार हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो। आक्रमणबाट मृत्यु हुनेको संख्या एक हजारभन्दा धेरै नाघिसकेको छ। घटनाप्रति लिङ्देनले निन्दासमेत गरेका छन्।