हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको प्रशंसनिय काम, हेर्नुहोस के के गर्दैछ नेपाल प्रहरी ? (फोटो फिचर)
चैत १९, काठमाडौं – बारा र पर्सामा हावाहुरीबाट प्रभावित क्षेत्रमा नेपाल प्रहरीले प्रशंसनिय काम गरेर चर्चा कमाएको छ । नेपाल प्रहरीले राहात तथा उद्यरमा रात दिन, भोक प्यास नभनि प्रभावित क्षेत्रमा खटिएको छ भने स्वस्थ्यको क्षेत्रमा पनि प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेर चर्चा बटुलिरहेको छ ।
मंगलबार नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले बारा फेटा गाउँपालिका १ भलुही र भर्वलिया तथा सोही गाउँपालिका ६ पुरहनियाका हावाहुरी प्रभावित स्थानीयलाई उक्त टोलीले स्वास्थ्य परीक्षण गरी नि : शुल्क औषधी समेत वितरण गरेको छ । शिविरमा करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।
त्यस्तै पर्सा वीरगंज महानगरपालिका २२ जगरनाथपुरस्थित हावाहुरी प्रभावित स्थानीयका लागि उक्त टोलीले निःशुल्क स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो । । सो शिविरबाट १ सय ९३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
साथै स्वास्थ्यकर्मीहरूको टोलीले वृद्ध, अशक्त तथा बालबालिकाहरुलाई सम्बन्धितको घर ठेगानामा समेत गएर स्वास्थ्य सेवा पुर्याएको छ ।






