२ अर्ब १२ करोड पचाउने दाउमा सानिमा बैंकका अध्यक्ष पाैडेल

सोमबार, १३ कार्तिक २०८०

काठमाडौं – सानिमा बैंक बैंककाे सिस्टमबाट हराएकाे २ अर्ब १२ करोड पचाउन विज्ञप्तिवाजीमा उत्रिएकाे छ । बैंकका ऋणीले ऋण चुक्ता गरेकाे रकम बैंकिङ सिस्टममा नदेखिएपछि माेटिभेट न्यूजले समाचार सम्प्रेषण गरेकाे थियाे । हराएको रकम खाेज्नुकाे सट्टा बैंक विज्ञप्तिवाजीमा उत्रिएकाे हाे ।

आइतबार बैंकले माेटिभेट न्यूजमा सम्प्रेषित ‘सानिमा बैंकबाट हरायो २ अर्व १२ करोड, अध्यक्षले चोरेको आशङ्का‘ शीर्षककाे समाचार खण्डनसहितकाे विज्ञप्ति सार्वजनिक गरेको थियाे । उक्त समाचार अरू अनलाइन मिडियाहरूले पनि साभार गरेका थिए। उक्त विज्ञप्तिमा आफ्नाे बदमासी ढाकछाेप गर्न मिडियालाई कानूनी कारवाहीकाे धम्कीसमेत दिएकाे थियाे ।

सानिमा बैंकले दिएको विवरण अनुसार सिस्टमबाट रकम हराएकाे हाे । हराएकाे रकम बैंकका अध्यक्ष र कर्मचारीले चलाएकाे हुनसक्ने समाचारकाे आसय थियाे । गणितकाे सामान्य सिद्धान्त अनुसार २ र २ जोड्दा ४ हुन्छ । तर बैंकले दिएका विवरणहरुलाई अध्ययन गर्दा २ र २ जाेड्दा ५ देखिएको छ । ४ हुनु पर्नेमा ५ कसरी भयो भन्दा बैंकले ५ भएको प्रमणित गर्न सकेकाे छैन ‌।

बैंकले बाहिर विज्ञप्तिमार्फत आफ्नाे कर्तुत लुकाउन खाेजेपनि आन्तरिक रूपमा भने हराएको रकम खाेज्न छानविन समिति बनाएने तयारी सुरू भएकाे छ । पछिल्लो पटक समाचारको फलोअप गर्ने क्रममा बैंकका अध्यक्ष तुक प्रसाद पाैडेलले छानबिन कमिटी बन्ने प्रक्रियामा रहेको जानकारी दिएका छन् ‌।

‘हामी हिजाे पनि मिटिङ बस्याैं, आजपनि त्यही विषयमा बाेर्ड मिटिङ बस्दै छाैं ।’, उनले भने, ‘हामी छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउँछौैँ ‌। २०७५ काे विषयलाई लिएर मेरो चरित्र हत्या गर्नुभएकाेमा मेराे आपत्ति हाे । म त्यतिबेला बैंकका अध्यक्ष थिइन । त्यसाे नगर्नुभएकाे भए हुन्थ्यो।’

एकातिर विज्ञप्ति निकाल्ने र अर्को तिर छानविन समिति वनाउन लागेकाे बताउने अध्यक्षकाे दाेधारे चरित्रले यति ठूलाे रकम पचाउन षड्यन्त्र त गरिरहेका छैनन् भन्ने शंका उब्जाएको छ ।