कानुनबमोजिम आम नागरिकहरुको समस्या समाधान गर्न कर्मचारीलाई रन्जिताको निर्देशन

शुक्रबार, १७ कार्तिक २०८०

काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले कानुनबमोजिमको अधिकार प्रयोग गरेर आम नागरिकहरुको समस्या समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।

गुठी संस्थानको ६०औँ वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् । उनले नागरिकको काम छिटोछरितो गरी उनीहरुलाई सहज सेवा प्रदान गर्ने दायित्व कर्मचारीको भएको बताइन् ।

कतिपय अनियमितताको कार्यमा कर्मचारी नियम मिचेर काम गर्ने गरेको गुनासो आएको बताउँदै उनले त्यस्तो कार्यमा कसैको संलग्नता पाइएमा कारबाही गर्ने प्रतिबद्धता जनाइन् ।

ीबहmष् कगलचष्कभ दबलप
मन्त्री श्रेष्ठले गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्ने अथवा माथिल्लो निकायको आदेश भनेर कानुन विपरीत काम गर्ने कर्मचारी कारबाहीको भागेदार हुने उल्लेख गरिन् ।

क्जष्खबm ऋझभलत
संस्थानमा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको चर्चा गर्दै उनले त्यसको समाधानका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण तथा नियमन गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भनिन्, “कतिपय ऐन कानुनका साथै कर्मचारी अभाव छ, ती समस्या समाधान गर्न हामी छिट्टै ऐन संसद्मा पेस गर्ने तयारीमा छौँ ।”

कर्मचारीको स्तरवृद्धिका निम्ति आवश्यक विनियमावली स्वीकृतिका लागि मन्त्रालयले प्रक्रिया अघि बढाउने जानकारी दिँदै उनले त्यसपश्चात् संस्थानको रिक्त पद पूर्तिको प्रक्रिया अगाडि बढाउने प्रस्ट पारिन् ।