जाजरकोट केन्द्र बनाएर गएको भूकम्पले जुम्लामा पनि क्षति

शनिबार, १८ कार्तिक २०८०

काठमाडौँ – जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् । प्रदेशको कानुन मन्त्रालयका अनुसार ५ जना घाइते भएका छन्।

तिला गाउँपालिका वडा न ३, ५ र ९ रहेका केही घरहरु तथा विद्यालयहरु चर्केको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ निवासी वर्ष ४६ को बिष्णु महतको तीनतले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ ।

घाइतेहरुको उपचार सामान्य भएको हुँदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमकोे स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।