प्रचण्ड सरकारको आयु छाटो छः महेश बस्नेत
काठमाडौं— नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रचण्ड सरकारको आयु छाटो रहेको बताएका छन् ।
सरकारविरुद्धको आन्दोलन निषेधाज्ञासम्म नपुगोस् भन्दै उनले महंगी, भ्रष्टाचार, अनियमितता, अराजकता, सामाजिक र धार्मिक सहिष्णुता तथा सद्भाव भड्काउने गतिविधिविरुद्ध युवा संघले प्रदर्शन गरेको बताए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको प्रदर्शनलाई तीनकुनेमा संबोधन गर्दै बस्नेतले दुर्गा प्रसाईंजस्ता मान्छे एमालेको विरोध गरेर रमाइरहेको र आपराधिक प्रवृतिको पछाडि ज्ञानेन्द्र शाह लागेको बताए ।
आफूहरूको कार्यक्रमलाई कसैले गलत ढंगले विथोल्ने प्रयास गर्दैमा भ्रममा पर्न नहुने उनको भनाइ छ । बस्नेतले गणतन्त्रको रक्षाका लागि आफूहरूको आन्दोलन भएको दाबी गरे ।