वायुसेवा कम्पनीले सरकारी कोटाका लागि अनिवार्य दुई सिट सुरक्षित राख्नु पर्ने
काठमाडौं – डोल्पामा उडान गर्ने वायुसेवा कम्पनीले सरकारी कोटाका लागि अनिवार्य दुई सिट सुरक्षित राख्नु पर्ने भएको छ । ७ मंसिरमा बसेको जिल्लाको हवाई सेवा तथा सडक यातायात सम्बन्धी सहजीकरण बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल, जिल्ला समन्वय समितिका सभापति श्यामबहादुर रोकाया, ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढाको उपस्थितिमा बसेको बैठकले प्रत्येक एयरलाइन्सले सरकारी कोटाका लागि दुई सिट अनिवार्य सुरक्षित राख्नु पर्ने निर्णय गरेको हो ।
यी दुई सिट उडान हुने अघिल्लो दिनको साँझ ४ बजेसम्म बुक नभएमा भने अन्य सर्वसाधारणलाई वितरण गर्न सकिने निर्णयमा उल्लेख छ ।