दुर्गा प्रसाईको आन्दोलनबारे बल्ल बोले देउवा
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुर्गा प्रसाईको आन्दोलनबारे मुख खोलेका छन् । लामो समयदेखि मौन बसेका देउवाले सोमबार एक सार्वजनिक कार्यक्रममा नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नभए बताउँदै मुख खोलेका हुन् ।
नेपाली कांग्रेस नवलपरासीको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह अब राजाको रुपमा नआउने बताए । उनले भने, ‘पूर्वराजा राजाको रुपमा फर्किने सम्भावना छैन । संविधान सभाले नै राजालाई हटाउने निर्णय गरेपछि अरु कसैले भन्दैमा आउनेवाला छैनन् । मान्छेहरुले अरु कुराहरुको सोच्नुपर्ने भन्छन्, धर्मको विषयमा पनि भनिराखेका छन् हुनेवाला केही छैन । सरसल्लाह गर्न सकिन्छ । तर, राजतन्त्र फर्किने सम्भावना छैन ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँन लाग आह्वान गरे ।