योग्य व्यक्तिलाई पार्टीभित्र आउन नदिन कोसिस भइरहेको छः रवि

बिहिबार, १४ मंसिर २०८०

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको छोटो अवधिमा देखिएको समस्या र संकीर्णताप्रति चिन्ता व्यक्त गर्दै योग्य व्यक्तिलाई पार्टीभित्र आउन नदिन कोसिस भइरहेको निष्कर्ष निकालेका छन् ।

रास्वपाको जलेश्वरमा सम्पन्न बैठकले पारित गरेको सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा पार्टीभित्रैका साथीहरूबाट राम्रा मान्छेलाई रास्वपामा आउन नदिने कोसिस भएकोतर्फ सबै चनाखो बन्नुपर्ने उल्लेख छ ।

नयाँ र योग्य व्यक्तिहरू पार्टीभित्र आउँदा आफूले टिकट नपाउने र आफू पछि पर्ने जस्ता लघुताभासी चरित्र पार्टीभित्र देखिएको लामिछानेको निष्कर्ष छ । उनले यसलाई ‘प्राइमरी’को दुरुपयोग भनेका छन् ।