वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको ओलीको आरोप
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् ।
बिहीबार मेची–महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताएका हुन् । ‘यो सरकार लज्जाबोध नभएको सरकार हो । यसले राष्ट्रघाती काम गर्छ । यसले देशको इज्जत समाप्त पार्छ, स्वाधीनता कमजोर पार्छ,’ उनले भने, ‘राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । भूमिका विषयमा बोल्न सक्दैन ।’
अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इमान भए राजीनामा दिएर निस्किनुपर्ने उनले बताए । उनले अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका काम ठप्प पारेको अरोप लगाए ।
‘अध्यक्ष ओलीले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे । अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए ।