राष्ट्रियताको रक्षा एमालेबाहेक अरु कसैले गर्न सक्दैन:अध्यक्ष ओली

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् ।

एमालेको मध्यपहाडी यात्रा अन्र्तगत लमजुङको सुन्दरबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले राष्ट्रियताको रक्षा एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन्। ओलीले आफूले सरकार चलाउँदा उत्पादन वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्याएको बताए ।

उनले भने, एमालेको सरकार बन्नुअघि बर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटर भन्दा बढी त एकैदिनमा गर्यो । अरुले एक बर्षमा गरेको काम एमालेले दुई दिनमै गर्यो । तर, अहिले त त्यो १० किलोमिटर पनि के होला । विकास निर्माणको काम ठप्प भएको छ ।

राष्ट्रियताको सवालमा पनि एमालेबाहेक अरु कसैले रक्षा गर्न नसक्ने बताए ।