सुनचाँदीको भाउ आज घट्यो

बुधबार, २७ चैत्र २०७५

काठमाडौं – बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको छ ।