आफ्ना शेयर धनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकाश बैंकको प्रस्ताव
गरिमाविकाश बैंक लिमिटेडले आफ्ना शेयर धनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गरिको छ।
गरिमा विकास बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको २९७ औं बैठकले आफ्ना शेयर धनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको बैंकका नायव कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले एक विगेप्ति मार्फत जानकारी दिएका हुन्।
आर्थिक वर्ष २०७९÷८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गरेको विगेप्तिमा उल्लेख छ।
उपाध्यायद्वारा जारि विगेप्तिमा भनिएको छ, प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने,हाल विकास बैंकको चुक्ता पूजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय र ५१ वटा मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको विगेप्तिमा उल्लेख छ ।
यस्तो छ नायव कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलेद्वारा जारि विगेप्ति
