रोकियन एक्स्पर्टको ठगी धन्दा, सरकार किन मौन ?
काठमाडौँ – देशव्यापी कन्सल्टेन्सीको शाखा खोलेर बैदेशिक अध्ययनको नाममा खुलेआम विद्यार्थीमाथी ठगी गर्दै आएको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्का एक-एक कर्तुतहरु बहिर आउँदा पनि नियामक निकायले आवश्यक छानविन र कारवाही गर्ने छाँटकाट देखाएको छैन ।
केही समय अगाडी अष्ट्रेलियाको एआईबिटी कलेजमा सयौँ विद्यार्थीहरुलाई अलपत्र पारेको भन्दै विचल्लीमा परेका विद्यार्थीनै रुवाबासि गर्दै मिडियामा आएका थिए । त्यसपछि पनि एक्स्पर्टका गलत धन्दाहरु बाहिर आउँदा समेत नियामक निकाय मौन रहनुलाई रहस्यमय रुपमा हेरिएको छ । आफूलाई मल्टिनेशनल कम्पनीको हौवा फिजाउँदै हिड्ने एक्स्पर्टका संचालकहरु खुलेआम समाजमा हिंडिरहेका छन ।
एक्स्पर्ट विरुद्ध मिडियामा आवाज राख्ने विद्यार्थीलाई विभिन्न धाक, धम्की र प्रलोभनमा समेत पारेर अहिले एक्स्पर्टकै वयान गर्न लगाएको आशंक एक कन्सल्टेन्सी ब्यवसायीले गरेका छन । मोटिभेट न्यूजको विशेष ब्युरोलाई प्राप्त सुचना अनुसार विद्यार्थी ठगेर अकुत कमाएको एक्स्पर्ट माथि कर कार्यालयले समेत छापा हानेको छ ।
एक पछि अर्को ठगी काण्डहरु बाहिरिएर समाचारहरु आएपछि सो कम्पनीका संचालकहरु अहिले सेफ ल्याण्डिङको खोजिमा शक्तिकेन्द्रहरु भौतारीरहेको विशेष सुचना मोटिभेट न्युजले प्राप्त गरेको छ । मोटिभेट न्यूजलाई प्राप्त सुचना अनुसार काठमाडौँमा एक्स्पर्ट संचालन गरिरहेका खेम संगौंला आफ्नो ठगीको संरक्षण उनी आवद्ध संस्था आइरिनले गर्न नसक्ने बुझेपछि इक्यानमा सदस्यताका लागि पहल गरिरहेका छन ।
एआबिटी प्रकरणमा आफू स्वंयम मुछिएका इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले इक्यानको सदस्यता एक्स्पर्टलाई दिएर आफू पनि एक्स्पर्ट संगै सति जान्छन या कुनै समय इक्यानलाई देखाइदिन्छु भन्दै छुट्टीएर गएका हरुलाई सदस्यता दिदै रेडकार्पेटले स्वागत गर्छन, त्यो भने हेर्न बाँकी नै छ ।
एक्स्पर्ट माथि कर कार्यालयको छापा र सरकारी एक्सन बारेको तथ्यगत प्रमाण सहितको फलोअप आगामी अंकमा प्रकाशन गर्नेछौँ ।
यो पनि पढ्नुहोस्